fbpx
KSBB Home Loan

घर कर्जा (Home Loan) लिन खाेज्दै हुनुहुन्छ ?

Ajira Builders ले अब एकै छाना मुनीबाट घरकाे नक्सा बनाउने, नक्सा पास गर्ने, 3D तयार पार्ने, घर निर्माण गर्ने र जरूरी भएमा ग्राहकका लागि बैंकिङ प्रकृया मिलाइ 0% कमिशनमा Home Loan समेत उपलब्ध गराउने सहज वातावरण सहित सरल घर कर्जा (Easy Home Loan) याेजना ल्याएकाे छ ।

बारम्बार साेधिने प्रश्नहरू ।

१. कर्जा ब्याज दर कति हाे ? कर्जा अवधि कति हाे ?

उत्तरः ९.७५ प्रतिशत । १५ देखि ३० वर्ष सम्मकाे अवधि, अावश्यकता अनुसार तल माथि गर्न सकिने । १५ वर्ष भन्दा कम पनि राख्न पाइने ।

२. ब्याज दर कस्ताे खाले हाे ? बैंककाे बेश रेट अनुसार तल माथि हुन्छ ?

उत्तरः हुन्छ । घटबढ हुन सक्छ ।

३. कर्जा तिर्ने प्रकृया कस्ताे हाे ?

उत्तरः मासिक किस्ता हिसाब गरी सामा-ब्याज समानान्तर तरिकाले तिर्दै जाने हाे । यसबाट क्रमशः Loan amount (सामा) घट्दै जान्छ र कर्जा अबधि सकिए पछि कर्जा चुक्ता भैसकेकाे हुन्छ ।

४. कति सम्म लगानी हुन्छ ?

उत्तरः घर बनाउन लाग्ने खर्चकाे १०० % सम्म लगानी गर्न सकिन्छ । (नेपाल राष्ट्र बैंककाे नियममा रही लगानी मुल्य निर्धारण हुने)

५. धिताे राख्नुपर्छ ?

उत्तरः पर्छ । घर बनाउने जग्गा, नयाँ बन्ने घर दुबै बैंकले राेक्का गरी राख्ने छ ।

६. मेराे घर बनाउने जग्गा पहिल्यै बैंकमा राखी कर्जा लिएकाे छु । के मैले कर्जा पाउँछु ?

उत्तरः पाइन्छ, तर यसका लागि अन्य कुनै जग्गा धिताे राख्नुपर्ने हुन्छ ।

७. कुन बैंकबाट Home Loan दिने हाे ? सेवा शुल्क कति हाे ?

उत्तरः कामना सेवा बिकास बैंक बाट । बैंकले लिने सेवा शुल्कः १ %

८. कमिशन कति लिनुहुन्छ ?

उत्तरः Ajira Builders ले याे याेजना ग्रहकाे सेवा र सहजताका लागि एकै छानाबाट सबै समाधान दिनका लागि ल्याएकाे हाे । यसमा, Ajira Builders ले शुन्य प्रतिशत कमिशनमा काम गर्दै छ । Ajira Builders ले निर्माण सेवा दिन्छ, दलाली गर्दैन ।

९. त्यसाे भए Ajira Builders ले कसरी फाइदा लिन्छ ? कसरी कमाउँछ ? आय श्राेत के हाे त ?

उत्तरः फेरी पनि, Ajira Builders ले घरकाे नक्सा बनाउने, नक्सा पास गर्ने, 3D तयार पार्ने, घर निर्माण गर्ने जस्ता कामबाट सेवा दिने र त्यसैबाट आम्दनी गर्छ ।

१०. कर्जा कसले पाउने हाे ?

उत्तरः Ajira Builders ले निर्माण गर्न लागेका घर मात्र यस याेजनामा सामेल हुन पाउने छन् ।

११. त्यसाे भए निर्माणकाे रेट महंगाे राखेकाे हाेला नि त ?

उत्तरः छैन । वास्तवमा तपाइले अन्य कम्पनीले दिने रेट भन्दा सस्ताे रेट पाउनुहुन्छ । ३००० रूपैँया प्रति वर्ग फिट बाटै निर्माण गर्न सकिन्छ ।

१२. कर्जा लिन के गर्नु पर्छ ? के के कागज चाहिन्छ ?

उत्तरः कागजातहरू निम्नानुसार चाहिन्छः

  • जग्गा धनि पूर्जा ।
  • नगरपालिकाबाट जारी अस्थाइ नक्सा पास ।
  • मासिक किस्ता वापत हुन आउने रकमको कम्तिमा २ गुणा आम्दनी खुल्ने कागजपत्र, घर भाडा, तलब, ब्यवसाय, आदि ।
  • बाटाेकाे चाैडाइ र अावश्यक कर्जा रकम खुलाउने ।
  • बैंकले आवश्यकता बमाेजिम अन्य कागज माग्न सक्ने ।

याे सम्पूर्ण कागज सहित Ajira Builders काे कार्यलयमा सम्पर्क गर्ने वा इ-मेल गर्नेः इ-मेल ठेगानाः info@ajiragroup.com.

नाेटः नक्सा बनेकाे छैन भने Ajira Builders ले निर्माण गर्ने कमसेकम २.५ तल्ले आवासीय भवनकाे (पुरै २.५ तल्ले एकै पल्टमा निर्माण गर्ने भए) नक्सा डिजाइन शुल्क नलाग्ने ।

AllEscort