fbpx

तपाई काठमाडौं उपत्यकामा घर बनाउने सोचमा हुनुहुन्छ भने कति खर्च लाग्छ भन्ने प्रश्नले पक्कै तपाईलाई सताएकाे हाेला ।

घर बनाउने ठाउँ, प्रयोग गरिने निर्माण सामाग्रीको गुणस्तर र अन्य बस्तुको प्रयोगले मूल्यमा केही तलमाथि पार्न सक्छ । यस्तै घरको क्षेत्रफल तथा जग्गाको बनोटको हिसावले पनि मूल्य कम वा बढी हुन सक्छ । घरमा लाग्ने खर्च ठ्याक्कै भन्न घरकाे नक्सा, स्ट्रक्चर डिजाइन र स्ट्रक्चर नक्सा बनाइसकेपछि मात्र सकिन्छ । तर सालाखाला भन्नु पर्दा उपत्यकामा साढे जम्मा २००० देखि २२०० स्वायकर फिटको साढे २ तले घर बनाउने हो भने करिब ७५ देखि ८० लाख रुपैयाँ खर्च लाग्छ ।

कति जग्गामा कस्ताे घर ?

मेराे जग्गामा कति काेठा निक्लिन्छ भन्रे प्रश्न धेरै सुनिन्छ । कति काेठा बन्छ भन्ने कुरा जग्गाकाे क्षेत्रफल र आकार अनुसार फरक पर्छ ।

३ आना१२/१२ साईजका तीन वटा (१०/१० का चार) कोठा
४ आना१२/१२ साईजका चार वटा
५ भन्दा बढिआवश्यकता अनुसार

कति सामान लाग्छ?

करिब २००० वर्ग फिट, २.५ तले घरका लागि इस्टिमेटः

सामानपरिमाणदरखर्च
गिट्टी८ टिपर२७०००२,१६,०००
बालुवा१२ टिपर२८०००३,३६,०००
सिमेन्ट (OPC)६०० बाेरा८५०५,०४,०००
सिमेन्ट (PPC)४०० बाेरा७५०३,००,०००
छड१२ टन१३००००१५,६०,०००
काठका ढोकाका चौकोस१,५०,०००
आल्मुनियमका झ्याल२,००,०००
इट्टा७०,०००१७११,९०,०००
प्लम्बिङका सामान२,००,०००
बाथरुमको टाइल५०,०००
मार्वल१,००,०००
माेडुलर किचन३,००,०००३,००,०००
बिद्युत सम्बन्धी सामाग्री२,५०,०००
ढाेका (चुकुल, ताल्चा सहित)१४१२,०००१,६८,०००
फलाम, ग्रील३५० के.जी१२०४२,०००
रेलिगं (स्टील)७०,०००
फलामकाे भर्यागं, गेट, अन्य
फलामका सामान
१,००,०००
धारा र बाथरूमका सामान१,६०,०००
रङ२,००,०००
अन्य छिटफुट१,००,०००
ज्याला (लेबर, बिद्युत, प्लम्बिङ,
टाइल, रङ)
१५,००,०००
जम्मा७६,९६,०००
AllEscort